PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्रकारको महाधिवेशनले के सिकायो, के सिकाएन? 


आकाश क्षेत्री/पहिलोपोस्ट

पत्रकारको महाधिवेशनले के सिकायो, के सिकाएन? 
‘दुर्इ-चारवटा समाचार लेखेर पत्रकारिता गरेको छु जस्तो भान भएको होला तर, तिमीले पत्रकारितामा सिक्ने धेरै कुरा छन्,’ एक अग्रज पत्रकारले मुस्कुराउँदै भनेको कुरा सम्झिँदा पत्रकारिताबारे अझ अनेकौ कौतुहलता जागे।

पत्रकारिताबारे सुन्न, बुझ्न र जान्न मन थियो। लेख्न भने फिटिक्कै आउँदैन थियो। जुन कुरामा कौतुहलता जाग्छ त्यो कुरा नखोजी-नलेखी बस्न नसक्ने पेशा आफ्नो लक्ष बनेको छ यतिखेर। 

दिमागमा जवाफहरू उथलपुथल भएर लेखिएको होइन। बरु मन र दिमागलार्इ प्रश्नहरूले उकुसमुकुस बनाएर लेखिएको हो। त्यसैले धेरै बुझ्न र भोग्न बाँकी रहेको पेशाबारे लेखिरहँदा असहज महसुस भएको छैन। 

तीन दिन अघिबाट संञ्चार माध्यममा पत्रकार महासंघको निर्वाचनका बारेमा समाचार सामाग्रीहरू व्यापक रुपमा देखिए। उम्मेद्वारका अन्तरवार्ता, एजेन्डा र प्रोफाइल लगाएतका विषय संञ्चार माध्यममा आक्रमक तरिकाले प्रस्तुत भए। अर्काका कुरा समेत हल्ला गर्ने जिम्मा पाएको सञ्चार माध्यम आफ्नै बारेमा किन हल्लाखल्ला गर्न पछि पर्थ्यो? हल्लखल्ला गर्ने अधिकार छ भनेर त्यसको फाइदा उठाउनु सही हो? कि गलत पो हो?  पत्रकारितालार्इ सपनाको पेशा बनाएका म र म जस्तै अरुले के सिक्ने?  

पत्रकारिता गर्दै जाँदा यो अधिवेशनले सिकाएका कुराहरू म र म जस्तै अरुले भविष्यमा व्यवहारमा उतार्नुपर्ने हुनसक्छ।  
***

म मतदाता थिइन। तर, ओहो, पत्रकार महासंघको अधिवेशन पो त! यही अधिवेशनबाट मेरो सपनाको पेशाको संगठनले नयाँ नेतृत्व पाउँदै थियो। म दंग परेको थिएँ। यो पेशामा मेरो लगाव भएर दंग र यति धेरै चासो थियो। 

समयभन्दा बिहानै कोठाबाट निस्किएर महाधिवेशन स्थल प्रज्ञा भवन नपुग्दै पत्रकारहरूको चहलपहलले निर्वाचनको गन्ध भेट्टाएको थियो। ओहो! एउटा उत्सवमय वातावरण थियो प्रज्ञा भवनको। चारै तिर पर्चा नै पर्चा थिए। 

एक मनले सोचिरह्यो किन चाहियो संसारको स्वतन्त्र पेशालार्इ नेतृत्व? पत्रकारहरू आफुलार्इ सबैभन्दा जिम्मेवार पेशाकर्मीको दर्जामा नउभ्याएका होइनन्; फेरी किन चाहियो नेपाली पत्रकारितामा नेतृत्व? नेपालमा पत्रकार महासंघ सदस्यता नलिएका पत्रकार छैनन र?  के महासंघको सदस्यता नलिएका पत्रकारलार्इ काम गर्न असहज भएको छ? कि महासंघको सदस्यता नलिएका पत्रकारलार्इ भन्दा सदस्यता लिएका पत्रकारलार्इ काम गर्ने सहज भएको छ?  नेपाली पत्रकारितामा नेतृत्व किन?  

'ओहो भाइ के छ?' 

ओहो, कसैले त मलार्इ पनि चिन्दो रहेछ नि यहाँ। मन चङ्गा हुन नपाउँदै झसङ्ग भयो।

निर्वाचन प्रचार सामग्रीलार्इ एउटा मालाको रुप दिएका थिए तिनले। प्रचार सामग्रीमा कुनै प्यानलका सबै उम्मेद्वारको नाम, फोटो र जिताआौंको शंज्ञा दिने लेखोट थियो। म्युजिक भिडियो निर्देशकको रुपमा आफुलार्इ सुपरिचित गराएका दाइ पत्रकारहरूको निर्वाचन प्रचार पो गर्दैछन्। मैले केही भन्न नपाउँदै उनले आफुलार्इ उम्मेद्वारको रुपमा परिचित गराए। 

'पत्रकार कहिलेदेखि बन्नुभयो दाइ?' 

‘एउटा म्यागेजिन चलाउँछु,’ उनी खासै खुल्न चाहेनन्, कुरा अरुतिरै मोडे। उनको अन्य पेशासँगै पार्टटाइम पत्रकारिता गर्ने पत्रकार पनि फुलटाइम काम गर्न श्रमजीवी पत्रकारका नेता बन्न सक्छ  कि सक्दैन?  

म र मजस्तै पत्रकारितालार्इ आफ्नो सपनाको पेशा बनाउनेहरूका लागि यो चासोको विषय हुन्छ किनकि यो महाधिवेशनले सिकाएअनुसार मैले र म जस्ताले व्यवहारमा उत्रिनुपर्ने हुन्छ। 

अधिवेशन सुरु भएको बेलुकी प्रज्ञा भवनमा पुग्दा उत्सवमय वातावरण कायमै थियो। त्यही माहौलमा भेट भए एक अग्रज पत्रकार। उनले उम्मेद्वारी पनि दिएका रहेछन् भन्ने कुरा उनैबाट थाहा पाइयो। उनले निरास नभएरै भने, ‘महासंघमा राजनीतिकरण भयो जितियला भन्ने आशा छैन्।’ उनी स्वतन्त्र उम्मेद्वार।

राजनीतिकरण भनेको के हो? म र म जस्ता पत्रकारितालार्इ सपनाको पेशा बनाएका हरूले के बुझ्ने पत्रकारितामा राजनीतिकरण हुनु ठीक हो कि बेठीक?  

म अच्चम्ममा परे! पत्रकारहरू मेहेनत गर्छन काम गर्छन तर, पैसा कम पाउँछन् भन्ने कुरा सुनेको थिएँ। पढेका सबैजसो लेख पत्रकारकै हुने गर्दथे। कोठा भाडादेखि छोरा छोरोको स्कुल शुल्क तिर्न नसकेका कचकचका कथा उत्तिकै। 

तर, पत्रकार महासंघको महाधिवेशन स्थल प्रज्ञा भवनको छेवैमा टाँसिएको कमलादी ब्याङ्क्वेटमा खानाका परिकारहरू थिए। जो गएर पनि सित्तैमा खान मिल्ने। एक जना पत्रकार नेता भाषणरत थिए। उनको भाषणमा अधिकांश दोहोरिएको शब्द हुन्थ्यो- हाम्रो ‘गठबन्धन’।

पत्रकारको निर्वाचनमा ‘गठबन्धन’ भनेको के हो? म र म जस्तै पत्रकारिता पेशालार्इ आफ्नो सपनाको पेशा मान्नेहरूले यसलार्इ कसरी बुझ्ने? 
कौतुहलता जागेको अर्को कुरा भनेको पत्रकारका नेता चुन्न पज्ञा भवन भित्र मतदान भइरहेको छ तर भवन बाहिर हाम्रो प्यानल ‘प्यानल’ ‘गठबन्धन’ जस्ता शब्द प्रयोग गरेर नारा लगाउनु ?, मतदान चलिरहँदा प्रचार सामग्री बाँड्नु सही कि गलत?  पत्रकारितालार्इ सपनाको पेशा बनाएका म र म जस्तै अरुले यो कुरा सिक्ने कि नसिक्ने? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट